दमक ।
झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाले शनिवार दमकमा सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षता र दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाले ज्येष्ठ सदस्य सरस्वती बराल, कुलबहादुर घिमिरे, उत्कृष्त वचतकर्ता कुमार कटुवाल तथा उत्कृष्ट उद्यमी कुमारी कुमाललाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रममा संस्थाको हाल सम्मको वचत तथा ऋणको अवस्था, संस्थाले प्रदान गर्ने सेवा, सहकारी अभियानमा संस्थाको योगदान, स्वरोजगारी र उद्यम विकासमा संस्थाले खेलेको भुमिका लगायतका विषयमा जानकारी गराईएको संस्थाकी दमक सेवा केन्द्र प्रमुख गीता दाहालले जानकारी दिइन । संस्थाले २५ हजार भन्दा बढि सदस्यहरुको विश्वास आर्जन गरेको र संस्था आर्थिक रुपमा सवल र सुदृढ रहेको संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले बताए ।
कार्यक्रममा प्रमु अतिथी नगरप्रमुख थापा, विशिष्ट अतिथी दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापा लगायतका वक्ताले कतिपय सहकारी संस्थाहरुका कारण सिंगो सहकारी अभियानमाथि अविश्वास गर्न नहुनेमा जोड दिनु भएको थियो । देश आर्थिक समस्यमा रहेका बेला आफ्नो संस्थालाई दर्विलो बनाउन प्रत्येक सदस्यहरुको पनि जिम्मेवारी हुनेमा वक्ताहरुले जोड दिएका थिए ।