दमक/ अखिल नेपाल किसान महासंघले ९ बुँदे माग अघि सार्दै आन्दोलन घोषणा गरेको छ । महासंघको कोशी प्रदेश कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेको हो । महासंघको बैठक पछि जारी विज्ञप्तिमा सरकारले पछिल्लो पटक रसायनीक मलमा गरेको उच्च मुल्यवृद्धीको विरोध गरिएको छ । भारतीय तरकारीको चेकजाँच बिनानै आयात गर्न पाउने व्यवस्थाको पनि महासंघले विरोध गरेको छ ।

सवै प्रकारका भुमिहिनलाई आवासको व्यवस्था गर्न, किसानको वर्गीकरण गरि परिचय पत्र उपलव्ध गराउन, कृषि उपजको न्युनतम मुल्य निर्धारण गर्न, उत्पादन क्षेत्रको संरक्षण गर्न लगायतका माग महासंघले अघि सारेको छ । महासंघका प्रदेश ईन्चार्ज बेनुप्रसाद शिवाकोटी, संयोजक दूर्गाकुमार थापा, सहसंयोजक दुखीलाल चौधरी र सचिव लेकेन्द्र सञ्जेलद्वारा जारी विज्ञप्तिमा किसानका माग पूरा गर्ने कडा संघर्षमा उत्रने चेतावनी दिईएको छ ।

सरकारले हालै रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेको छ । त्यस पश्चात सो निर्णयको विभिन्न क्षेत्रबाट बिरोध हुँदै आएको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकको भन्दा महँगो हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार २६ फागुन अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ ।

Facebook Comments Box