दमक/ दमकस्थित तुलसा देवी न्यौपाने स्मृति अक्षयकोषले स्वर्गीय तुलसादेवी न्यौपानेको स्मृतिमा हरेक बर्ष गर्दै आएको बाल प्रतिभा पुरस्कार र शिक्षक सम्मान कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिएको छ । कोषले दमकमा साहित्य तथा कलाका क्षेत्रमा सक्रिय साहित्यकला संगमको आयोजनामा हिमालय माविसमा औपचारिक कार्यक्रम गरी दुई बिद्यालयका २० जना छात्रछात्राहरुलाई जनही ३ हजार रुपैयाँ दरले बाल प्रतिभा पुरस्कार र एक जना शिक्षकलाई नगद पुरस्कारसहित शिक्षक सम्मान अर्पण गरेको हो ।

यसबर्षको शिक्षक सम्मान तथा पुरस्कार हिमालय माविका शिक्षक रमेश रेग्मीलाई प्रदान गरिएको छ भने सो हिमालय मावि र दमक ७ स्थित पृथ्वी आधारभुत बिद्यालयका १०/१० जना बिद्यार्थीलाई बाल प्रतिभा पुरस्कार प्रदान गरिएको अक्षयकोषका संस्थापक एवं संरक्षक डा. लेखनाथ न्यौपानेले जानकारी दिए । साहित्यकला संगम दमकका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा आयोजित सो कार्यक्रममा अक्षयकोष संस्थापक परिवारका अग्रज एवंं सामाजिक व्यक्तित्व छविराम न्यौपाने, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारी दमक ७ का वडाध्यक्ष भिम पौडेल, हिमालय माविका प्रधानाध्यापक द्रोण श्रेष्ठ लगायतले सो सम्मान तथा पुरस्कार हस्तान्तरण गरे । सो सोही अवसरमा दमकको सूर्यदर्शन साकोसले बिद्यार्थीहरुलाई पाठय सामग्रीसहितको किताब बोक्ने झोला प्रदान गरेको छ । साकोसका अध्यक्ष टिकाराज सापकोटाले ति बालबालिकाकालाई झोला हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा साहित्य कला संगमको नियमित २४औ रचना वचन शृंखलालाइ निरन्तरता दिइएको थियो । सो अवसरमा श्रष्टाहरु ओम खनाल, ओमप्रकाश गौतम, लत्ता खनाल, प्रकाश लिम्बु, प्रिती बस्नेत,दुर्गा काफ्ले लगायत एक दर्जन श्रष्टाहरुले आआफ्ना रचना वचन गरेका थिए ।

Facebook Comments Box