दमक/ हल्दिवारी गाउँपालिका वडा नं –१ साविक गोलधाप ७ मा आज आगलागी भएको छ । स्थानीय निर्मला आचार्यको घरमा भएको आगलागीका कारण ४ वटा खसी बाख्रा जलेर मरेका छन । आगोले गाईको एउटा बाछोको आधा शरिर जलेको बताइएको छ । बिद्युत सट् भएर आगलागी भएको हुन सक्ने वडाध्यक्ष देवी बहादुर थापाले बताए । आगलागीका कारण १८ लाख रुपैयाँ बराबरको धनमाल नोक्सान भएको अनुमान गरिएको छ । आगो निभाउन भद्रपुरबाट आएको बारुण यन्त्र , प्रहरी र स्थानीयहरु खटिएका थिए । आगलागीबाट विस्थापित परिवारका सदस्यहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन ।