पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे ७ मंगलबारे स्थित चुम्लुङ चोकमा बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धकी माता मायादेवीको स्मृतिमा पार्कको मुल गेट निर्माणका लागि शिलान्यास गरिएको छ ।
सोमबार नगरप्रमुख मोहन प्रसाद तुम्वापो, प्रदेश सांसद विद्या चाम्लिङ राई, लामा गुरु, संविधान सभा सदस्य चण्डी प्रसाद राई र पार्क संचालक समितिका अध्यक्ष कृष्ण कुमारी राईले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
प्रदेश सांसद चाम्लिङले नगरपालिका, प्रदेश र संघीय सरकारको तर्फबाट बहुवर्षीय योजना तर्जुमा गरेर यो पार्क निर्माण गर्ने सुझाव दिँदै आफुले सक्दो सहयोग पु¥याँउने बताए । सोहि अवसरमा पथरीशनिश्चरेका नगरप्रमुख तुम्वापोले सबै पक्षको सकरात्मक सोच र सहयोग गर्न आग्रह गर्दै पर्यापर्टकीय महत्व बोकेको सो योजनालाई सफल तुल्याउन आवश्यक रहेको बताए ।
विश्वशान्तिका दुत गौतम बुद्धकी ममतामयी आमा मायादेवीको स्मृतिमा धार्मिक तथा स्थानीय पर्यटन प्रवद्र्धन गर्दै स्थानीयहरूको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले मायादेवी पार्क निर्माण गरिने भएको हो । गत आर्थिक वर्ष २०७८÷२०७९ को बिनियोजन भएको २५ लाख रुपैयाँ बराबरको बजेटबाट पार्क निर्माण गरिदैछ। ११ जना लामा गुरूहरुले मन्त्रोच्चारण गर्दै बौद्ध परस्परा अनुसार लामा गुरूद्वारा धार्मिक संस्कार गरि राजनीतिक व्यक्तित्वहरूबाट पार्कको मुल गेटको शिलान्यास गरिएको हो ।
अघिल्लो प्रदेश सरकार अन्तर्गत पर्यटन,उद्योग तथा वाणिज्य मन्त्रालयबाट सो क्षेत्रमा पार्क निर्माणका लागि आर्थिक वर्ष २०७८÷२०७९ मा २५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो रकम आर्थिक वर्ष २०७९र०८० मा निवर्तमान मुख्य मन्त्री राजेन्द्र कुमार राईको नेतृत्वको सरकारको पालोमा सो रकम उपलब्ध भएको र स्थानीय बासिन्दाहरूको ४ लाख बराबरको श्रमदान सहित कूल २८ लाख रुपैयाँको बजेटले उक्त पार्क निर्माण सम्पन्न गरिने संचालक समितिका सचिव जोन लिम्बूले बताए ।

पार्क निमाणको लागि पथरीशनिश्चरे ७ को मंगलबारे डांडास्थित पथरी खोला आसपासमा बर्षोदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गा ८ घर परिवारले मिलेर कूल १८ कठ्ठा क्षेत्रफलको जग्गा निशुल्क प्रदान गरेका हुन् ।पथरीशनिश्चरे,६ चैत । मोरङको पथरीशनिश्चरे ७ मंगलबारे स्थित चुम्लुङ चोकमा बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धकी माता मायादेवीको स्मृतिमा पार्कको मुल गेट निर्माणका लागि शिलान्यास गरिएको छ ।
सोमबार नगरप्रमुख मोहन प्रसाद तुम्वापो, प्रदेश सांसद विद्या चाम्लिङ राई, लामा गुरु, संविधान सभा सदस्य चण्डी प्रसाद राई र पार्क संचालक समितिका अध्यक्ष कृष्ण कुमारी राईले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
प्रदेश सांसद चाम्लिङले नगरपालिका, प्रदेश र संघीय सरकारको तर्फबाट बहुवर्षीय योजना तर्जुमा गरेर यो पार्क निर्माण गर्ने सुझाव दिँदै आफुले सक्दो सहयोग पु¥याँउने बताए । सोहि अवसरमा पथरीशनिश्चरेका नगरप्रमुख तुम्वापोले सबै पक्षको सकरात्मक सोच र सहयोग गर्न आग्रह गर्दै पर्यापर्टकीय महत्व बोकेको सो योजनालाई सफल तुल्याउन आवश्यक रहेको बताए ।
विश्वशान्तिका दुत गौतम बुद्धकी ममतामयी आमा मायादेवीको स्मृतिमा धार्मिक तथा स्थानीय पर्यटन प्रवद्र्धन गर्दै स्थानीयहरूको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले मायादेवी पार्क निर्माण गरिने भएको हो । गत आर्थिक वर्ष २०७८÷२०७९ को बिनियोजन भएको २५ लाख रुपैयाँ बराबरको बजेटबाट पार्क निर्माण गरिदैछ। ११ जना लामा गुरूहरुले मन्त्रोच्चारण गर्दै बौद्ध परस्परा अनुसार लामा गुरूद्वारा धार्मिक संस्कार गरि राजनीतिक व्यक्तित्वहरूबाट पार्कको मुल गेटको शिलान्यास गरिएको हो ।
अघिल्लो प्रदेश सरकार अन्तर्गत पर्यटन,उद्योग तथा वाणिज्य मन्त्रालयबाट सो क्षेत्रमा पार्क निर्माणका लागि आर्थिक वर्ष २०७८÷२०७९ मा २५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो रकम आर्थिक वर्ष २०७९र०८० मा निवर्तमान मुख्य मन्त्री राजेन्द्र कुमार राईको नेतृत्वको सरकारको पालोमा सो रकम उपलब्ध भएको र स्थानीय बासिन्दाहरूको ४ लाख बराबरको श्रमदान सहित कूल २८ लाख रुपैयाँको बजेटले उक्त पार्क निर्माण सम्पन्न गरिने संचालक समितिका सचिव जोन लिम्बूले बताए ।

पार्क निमाणको लागि पथरीशनिश्चरे ७ को मंगलबारे डांडास्थित पथरी खोला आसपासमा बर्षोदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गा ८ घर परिवारले मिलेर कूल १८ कठ्ठा क्षेत्रफलको जग्गा निशुल्क प्रदान गरेका हुन् ।
पार्कको हाताभित्र मायादेवीको शालिक सहितको प्रवेशद्वार, घेराबारा, बाल बालिकाहरूको लागि मनोरञ्जनात्मक खेलौनाका स्थलहरू, आकर्षक बगैंचा आदि पूर्वाधारहरु निर्माण गरिने योजना रहेको पार्क सञ्चालक समितिका अध्यक्ष कृष्ण कुमारी विश्वकर्माले जानकारी दिए । यी पूर्वाधारहरु चालु आर्थिक वर्षको असार अगाडि नै निर्माण कार्य सम्पन्न गर्ने गरी संझौता भएको छ ।
उक्त अवसरमा पार्क सञ्चालक समितिका अध्यक्ष कृष्ण कुमारी विकको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सभासद् चण्डी प्रसाद राई, नेपाल घेदुङ संघका वरिष्ठ लामा गुरु दावा लामा, प्रमुख लामा गुरू सोनाम लामा, पथरीशनिश्चरे नगर घेदुङका अध्यक्ष गणेश लामा, वडा नं ७ का वडाध्यक्ष उद्ववराज बस्नेत, वडा सदस्यहरु क्रमशः नरेश बहादुर राई र मनिस सुब्वा ,उपाध्यक्षद्वय चन्द्र बहादुर थापा र ओम प्रसाद राई , सल्लाहकार सदस्यहरुको पनि उपस्थिति थियो ।उक्त अवसरमा जग्गा दाताहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।, घेराबारा, बाल बालिकाहरूको लागि मनोरञ्जनात्मक खेलौनाका स्थलहरू, आकर्षक बगैंचा आदि पूर्वाधारहरु निर्माण गरिने योजना रहेको पार्क सञ्चालक समितिका अध्यक्ष कृष्ण कुमारी विश्वकर्माले जानकारी दिए । यी पूर्वाधारहरु चालु आर्थिक वर्षको असार अगाडि नै निर्माण कार्य सम्पन्न गर्ने गरी संझौता भएको छ ।
उक्त अवसरमा पार्क सञ्चालक समितिका अध्यक्ष कृष्ण कुमारी विकको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सभासद् चण्डी प्रसाद राई, नेपाल घेदुङ संघका वरिष्ठ लामा गुरु दावा लामा, प्रमुख लामा गुरू सोनाम लामा, पथरीशनिश्चरे नगर घेदुङका अध्यक्ष गणेश लामा, वडा नं ७ का वडाध्यक्ष उद्ववराज बस्नेत, वडा सदस्यहरु क्रमशः नरेश बहादुर राई र मनिस सुब्वा ,उपाध्यक्षद्वय चन्द्र बहादुर थापा र ओम प्रसाद राई , सल्लाहकार सदस्यहरुको पनि उपस्थिति थियो ।उक्त अवसरमा जग्गा दाताहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Facebook Comments Box