दमक/ दमक –३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलका एक छात्रमाथि अध्यापनका क्रममा एक जना शिक्षकले गरेको कुटपिटको बिषयलाई लिएर उत्पन्न असहज परिस्थितीको समाधान भएको छ ।
पीडित बिद्यार्थी इभान बरालका परिवार, महिला शिक्षक एलिना न्यौपाने र बिद्यालय प्रशासनबीच सोमबार भएको छलफलमा दुवैपक्षबीच अब उप्रान्त त्यस किसिमका घटना हुन नदिने सहमतिमा मेलमिलापको वातावरण बनेको हो । सो छलफलपछि प्रतिनिधिहरुले त्रिपक्षीय मिलापत्रमा सामुहिक रुपमा हस्ताक्षर समेत गरेका छन । हस्ताक्षरित मिलापत्र सामाजिक सञ्जाल मार्फत बाहिर आएको हो । बिद्यालय यो ठाउँको बिकासका लागि एउटा महत्वपूर्ण गहना भएको यथार्थ महसुस गर्दै अपवादका रुपमा असावधानीका कारण यदाकदा हुने गरेका घटनालाई दुखद परिस्थितीका रुपमा आत्मसाथ गरी संवादकै माध्यमबाट समाधान गरिएको बिद्यालयले जनाएको छ ।

Facebook Comments Box