दमक/ चैत ५ मा सम्पन्न दमकस्थित दमक बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट नेविसंघले नयाँ इतिहास रचेको छ । बिद्यार्थी संगठनहरुले पाएको समानुपातिक तर्फको मतका आधारमा नेविसंघ यसअघिका हरेक निर्वाचनमा दोश्रो, तेस्रो स्थानमा रहँदै आएकोमा यसपटक सर्वाधिक मतसहित पहिलो स्थान ओगटन सफल भएको हो ।
निर्वाचनमा खसेको कूल २०५७ मत मध्ये नेविसंघले ६१६ मत पाउँदै पहिलो ठुलो संगठन बनेको छ भने नेकपा एमाले निकटको अनेरास्ववियुले ५१३ मत पाउँदै दोश्रो स्थानमा खुम्चिएको छ । राप्रपा निकटको राप्रविसंघले ३१६ मत ल्याएर तेस्रो स्थान ओगटन सफल भएको छ भने नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी २६९ मतसहित चौथो भएको छ ।
यस क्याम्पसमा प्रत्यक्ष तर्फ पनि नेविसंघका तर्फबाट सभापतिका उम्मेदवार सोविम न्यौपाने १०४३ मत ल्याएर विजयी भएका छन । नेविसंघले समानुपातिक तर्फको मतका आधारमा साना संगठनका रुपमा कायम भएका जसपा निकटको समाजवादी बिद्यार्थी युनियन, नेकपा एस निकटको अनेरास्ववियु र विप्लव नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी)सँग गठबन्धन गरेको थियो भने एमाले निकट अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका निशेष राईलाई सभापतिको उम्मेदवार बनाउँदै राप्रपा निकट राप्रविसंघ र माओवादी निकट अखिल क्रान्तिकारीले समेत चुनावी तालमेल गरेका थिए ।

Facebook Comments Box