दमक/    झापाको कमलमा जिल्लास्तरीय अन्तरकलेज क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । नेविसंघ कमल गाउँसमितिको आयोजनामा लखनपुरस्थित आदिवासी रंगशालामा हुने प्रतियोगितामा जिल्लाका करिब एक दर्जन कलेजहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
वैशाख २९ र ३० गते सञ्चालन हुने सो प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको नेविसंघ झापाका नेता समेत रहेका आयोजक टिमका जितेन साम्पाङले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछन । प्रतियोगितामा काँकरभिट्टा, विर्तामोड, भद्रपुर, दमकसहित विभिन्न कलेजबाट टिमहरु सहभागी हुनेछन । आयोजक समितिले खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । प्रतियोगिताका माध्यमबाट बिद्यार्थीहरुबीच आपसी मित्रता प्रगाढ बनाउने र क्रिकेट खेल र खेलाडीहरुको बिकासमा प्रोत्साहन मिल्ने आयोजकले विश्वास लिएको छ । हेर्नुहोस खेल तालिका जस्ताको तस्तै

 

Facebook Comments Box