गाैरीगंज/ गाैरीगंज गाउँपालिकामा प्रथम पटक आयाेजित अध्यक्षकप वडा स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ ।  वैशाख १५ गते उद्घाटन भएकाे अध्यक्ष कप वडा स्तरिय खेलकुद प्रतियोगिता  मंगलवार गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यता, उपाध्यक्ष पुजन न्याैपाने कुवंरकाे विशिष्ट आतिथ्यता र गाैरीगंज गाउँपालिका खेलकुद व्यवस्थापन समितिका संयाेजक कार्तिकलाल राजवंशीकाे अध्यक्षतामा  समापन भएकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. १ स्थित महाभरा खेल मैदानमा भएकाे  समापन कार्यक्रममा फूटवल, भलिवल र क्रिकेट खेलका विजेता र उपविजेता टिमलाई नगद चेकसहित ट्रफी र मेडल प्रदान गरिएकाे थियाे ।

गाैरीगंज गनउम्हपालिका वार्ड नं. ६ बाट प्रतिनिधित्व गरिरहेकाे टिमले क्रिकेट र फुटबल प्रतियोगिताकाे प्रथम उपाधि जितेकाे थियाे । फुटबल खेलका टिम कप्तान प्रविन वि. क. र क्रिकेट खेलका टिम कप्तान जनम भुजेल सहित खेलाडीहरूलाई क्रमश: ३५ हजार र ३१ हजार नगद चेक सहित ट्रफी र मेडल प्रदान गरिएकाे थियाे भने भलिवल खेलमा प्रथम  विजेता गाैरीगंज गाउँपालिका वार्ड नं. २ काे टिमलाई ३१ हजारकाे नगद चेकसहित ट्रफी र मेडल प्रदान गरीएकाे थियाे ।
त्यसैगरी फुटवल खेलमा उपविजेता भएकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ३, क्रिकेट खेलमा उपविजेता भएकाे गाैरीगंज गाउँपालिका वार्ड नं.५ काे टिमलाई क्रमशः ३१/ ३१ हजार र भलिवल खेलमा उपविजेता भएकाे वार्ड नं. ३ काे टिमलाई २१ नगद चेकसहित ट्रफी र मेडल प्रदान गरिएकाे थियाे ।
उनीहरूलाई गाउँपालिकाकि अध्यक्ष फूलवती राजवंशी, गाैरीगंज गाउँपालिका खेलकुद व्यवस्थापन समितिका संयाेजक कार्तिक लाल राजवंशी, वार्ड नं. ३ का अध्यक्ष श्रवण गिरी, कार्यपालिका अघ्नुप्रसाद राजवंशीलगायतले नगद चेकसहित ट्रफी र मेडल प्रदान गरेका थिए ।
गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत संताेष श्रेष्ठ र याेजना अधिकृत नारायण प्रसाद चंदराले पालैपालाे कार्यक्रम सञ्चालन गरेकाे कार्यक्रममा बेस्ट डिफेन्डर रन्जित राजवंशी, वेस्ट प्लेयर सुदिप राजवंशी, वेस्ट स्पाईकर राजन मण्डल, वेस्ट बलर जनम भुजेल, वेस्ट ब्याट्समेन अविनास सुवेदि, म्यान अफ दि सिरिज अविनास सुवेदीलगायतलाई ट्रफी र मेडल प्रदान गरिएकाे थियाे ।

Facebook Comments Box