दमक/ मोरङमा सवारी दुर्घटना हुदाँ एक जना झापालीसहित दुई जनाको मृत्यु भएको छ । मोरङको ग्रामथान गाँउपालिका–६ बिराटचोक सडक खण्डमा प्रदेश १–०५–००१ प ३८६० नम्बरको स्कुटरलाई बा. प्र.०३–००१ ख ७४०२ नम्बरको टिफरले ठक्कर दिदा स्कुटर चालक झापा अर्जुनधारा नगरपालिका–७ का ४२ बर्षीय जिबन दाहालको घटना स्थलमानै मृत्यु भएको हो ।
त्यसैगरी रंगेली नगरपालिका–५ स्थितमा प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार रतुवामाई नगरपालिका–५ की ५० बर्षीया मानकीदेवी साहको मृत्यु भएको । साहको उपचारको लागि बिराटनगर गोल्डेन अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न टिफर चालक २८ बर्षीय सुरज कुमार माझी र मोटरसाईकल चालक दिनेश कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box