दमक/ झापा कमल गाउँपालिका वडा नं ७ मेमेङ टोल निवासी स्वर्गीय गौमाया बेघा केरुङको दोश्रो बार्षिक पुण्य तिथीको अवसर पारेर उनको सम्झनामा परिवारले विपन्न, असहाय तथा बिरामीहरुलाई नगद तथा खाद्यन्न सहयोग गरेका छन् ।
बिहिबार परेको पुण्य तिथीको अवसर पारेर पति गणेश केरुसहित जेठी छोरी शान्ता, कान्छी चेसुङ ,छोराहरु भिम ,आइतराज, ओमप्रकाश विरु केरुङ परिवारजनले दमक र लखनपुरमा गरी ६० हजार बढीको नगद तथा जिन्सी सहयोग गरेका हुन् । सो परिवारले दमक ९ स्थित दमक बालबृद्धाश्रममा नगद पाँच हजारसहित चामल, तेल,दाल, केराउ,सावुन, चिनीसहित सरसफाईका विभिन्न सरसामानहरु प्रदान गरेका छन् ।
स्वर्गीय गौमायाकी छोरी ज्वाइँ चेसुङ लिम्बू र बिष्णु सुब्बाले आश्रमकी अध्यक्ष मन्धरा पौडेल, कोषाध्यक्ष मेनुका बुढाथोकीसहितलाई नगदसहित ती सामग्री हस्तान्तरण गरे । त्यसैगरी दमक ४ स्थित रत्नजेष्ठ बृद्धाश्रममा पनि चाम, तेल, दाल, सोयाबिन, साबुन लगायतका सामग्री हस्तान्तरण गरेका थिए । त्यस्तै सोही स्मृतिा दुई जना दिर्घरोगीलाई घर घरमै पुगेर जनही १० हजारका दरले कूल २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । स्वर्गीय गौमायाकी छोरी चेसुङले दमक ५ की १३ बर्षिया मिर्गौला बिरामी कुसुम लिम्बू र दमक ७ की १५ बर्षिया देविका तामाङको उपचारका लागि सो सहयोग रकम हस्तान्तरण गरिन् । त्यसअघि आमाको स्मृतिमा कमल ७ गेउरियास्थित किरात युमा माङहिमलाई समेत नगद ११ हजार रुपैया प्रदान गरिएको थियो ।