दमक/  झापा दमकका युवा व्यवसायी बिष्णु साहले बैबाहिक बर्षगाँठको अवसर पारेर विपन्न एक परिवारलाई खाद्यन्न तथा दैनिक उपयोगी सामान सहयोग गरेका छन ।
लायन्स क्लब अफ झापा दमकका सदस्य समेत रहेका साह पत्नी सीतादेवीसहितले क्लबको आयोजनामा शुक्रबार झापा गाउँपालिका वडा नं ७ मदरगाछका राजकुमार गणेशको घरमै पुगेर सो सहयोग हस्तान्तरण गरेका हुन ।
प्रदान गरिएको सामानहरुमा ५० केजी चामल, दाल, तेल, नुन साबुन लगायत रहेको छ । करिब दुई बर्ष अघिदेखि घुँडामा टयुूमर पलाएर बिरामी परेका गणेशको उपचार तथा दैनिक जिवनयापन कष्टकर रहेको बुझेपछि साह दम्पतीले करिब १२ हजार बराबरको सहयोग प्रदान गरेका हुन ।
क्लबका अध्यक्ष अशोक चौधरीको अध्यक्षता र सो वडाका वडाध्यक्ष सखिचन्द्र ठाकुरको प्रमुख आतिथ्यमा भएको खाद्यान्न हस्तान्तरण कार्यक्रममा गणेशको उपचारमा सहयोग जुटाइरहेका काजी राउत, क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा व्यवसायी साह दम्पत्तीले बैबाहिक बर्षगाँठमा यस किसिमको सेवामुलक काममा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । क्लबले आफना सदस्यहरुको विशेष दिनमा हुने फजुल खर्चको सट्टा सेवामुलक काममा खर्चिन अभिप्रेरित गर्दै आएको क्लबका सचिव विष्णुप्रसाद पोखरेलले बताए ।

Facebook Comments Box