दमक/  भ्रष्टाचार विरुद्धको अभियान तथा खवरदारी गर्दै वाईसीएल नेपाल दमक नगर समितिले दमकमा कोणसभा गरेको छ । दमकको मुख्य चोकमा आयोजित खवरदारी  सभालाई सम्बोधन गर्दै वाईसीएल नेपालका केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज डम्बर पुलामी (कर्मा)ले भ्रष्टाचारीलाई कारवाही गर्ने विषयमा सरकार चुक्न नहुने बताए । उनले प्रचण्ड सरकारले आवश्यक परे जनमुक्ती सेनाको क्यान्टोन्मेन्टको खाता पल्टाउन पनि पछि हट्नु नहुने बताए ।

कार्यक्रममा माओवादी केन्द्र प्रदेश समिति सदस्यहरु विरेन्द्र बस्नेत, राधिका ओझा, बेदु गौतम लगायतले सरकारलाई कसैको दवावमा नपर्न खवरदारी गर्दै सबै किसिमका भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश, जिल्ला र नगरस्तरीय माओवादी नेता कार्यकर्ताहरुले भ्रष्टाचारीलाई कारवाही गर । प्रधानमन्त्रीको साथमा जनता छन् । निस्पक्ष छानविन गर्न नडराउ । लगायतका नारा लेखिएका कार्ड भिरेका थिए ।

Facebook Comments Box