दमक/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ स्थित शिवगञ्ज बजारमा एकैरात चार वटा सटरमा भएको चोरीको घटनामा संलग्न एक जनामाथि प्रहरीले चोरी मुद्धा चलाएको छ । लगातार श्रृङ्खलाबद्ध रुपमा चार वटा सटर फोडेर चोरी गर्ने शिवसताक्षी ५ आमबाडीका ५६ बर्षिय सविलाल खवास विरुद्ध चोरी मुद्धामा ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय शिवगञ्जले चोरीएका सामानहरु, नगद र चोरी भएको अवस्थामा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित खवासको घर बाट पक्राउ गरेको थियो । उनी विरुद्ध झापा जिल्ला अदालतबाट चोरी मुद्धामा बुधबार ७ म्याद थपको आदेश लिई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

 

Facebook Comments Box