रौतहट/  रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ । देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या  भएको प्रहरीको भनाइ छ । बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो । टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Facebook Comments Box