दमक/  ४१ औं वीपि स्मृति दिवसमा नेपाली कांग्रेसले दमकमा विबिध कार्यक्रम गरेको छ ।

कांग्रेस दमक नगर समिति र प्रदेश सभा क्षेत्र ५ (ख) को संयुक्त आयोजनमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस झापाका पूर्व सभापति एवं पूराना नेता पूर्णानन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो । उनले कांग्रेसले वीपि विचारलाई आत्मसाथ गरेर लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने औंल्याए । नेता शर्माले कांग्रेस वीपि विचारबाट स्खलित हुन नहुने पनि बताए ।’

कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला उपसभापति शेरबहादुर भट्टराईसहित महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरु, प्रदेश क्षेत्र समितिका पदाधिकारी सदस्यहरु, भातृ संघका नेताहरु लगायत कार्यकर्ताहरुको उल्लेखिय सहभागिता रहेको कांग्रेस दमक नगर उपसभापति युवराज खनाल सागरले जानकारी दिए । कांग्रेसका प्रदेश सभा क्षेत्र खका सभापति रवि न्यौपानेले स्वागत मन्तव्य राख्दै कांग्रेस भित्रको बलियो एकताले मात्रै पार्टीले सबै निर्वाचनहरु जित्न सक्ने भएको सत्यलाई सबै नेता, कार्यकर्ताहरुले आत्मसाथ गर्नुपर्ने औंल्याए । वडा वडामा वृक्षरोपण सो अवसरमा नगर समितिले नगरका १० वटै विभिन्न प्रजापतिका फलफूल, घाँसका विरुवाहरु उपलब्ध गराएको नगर सचिव आरसी अधिकारीले जानकारी दिए ।

यसैक्रममा दमक ५ वडा समितिले दिपिनी आधारभूत बिद्यालयमा वृक्षारोपण गरेको वडा सभापति चैतन्य बरालले जानकारी दिए । वृक्षरोपणमा पार्टीका जिल्ला उपसभापति शेरबहादुर भट्टराई, जिल्ला सदस्य पर्शुराम रिजाल लगायत नेता, कार्यकर्ताहरु सहभागी थिए ।

पार्टी कार्यालयमा रक्तदान त्यसैगरी सोही अवसरमा कांग्रेस दमक ९ ले पार्टी कार्यालयमानै रक्तदान कार्यक्रम गरेको छ ।

पार्टीका वडा सभापति युवराज कोइरालाका अनुसार रक्तदानमा महाधिवेशन प्रतिनिधिहरु मेदनी प्रसाद सिटौला, अइन्द्रराज केरुङ, महिला नेतृहरु कल्पना राई, शान्ति पौडेल लगायत २५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान आयोजना गरिएको थियो ।

Facebook Comments Box