दमक/आइतबार साँझ इलामको रोङ गाउँपालिका ३ स्थित कोल्बुङमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
धनुषाबाट कन्याम घुम्न आएका आन्तरिक पर्यटकहरु बोकेको ना. ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा धनुषाधाम नगरपालिका ९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामा र सोही ठाउँकी ३५ वर्षीया मनवती लामाको उपचारको क्रममा मृत्यु भएको हो ।
बसमा चालकसहित ३७ जना रहेकोमा दुई जनाको मृत्यु भएको हो भने ३४ जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यसैबीच, दुर्घटनापछि फरार रहेका बसका चालक प्रहरीको सम्पर्कका आएका छन् । दुर्घटनाको समयमा सम्पर्कविहीन बनेका धनुषा जनकपुर उपमहानगरपालिका वडा नं २३ का ४५ वर्षीय हरिकिन राउत मध्यरातमा प्रहरीको सम्पर्कमा आएका हुन् । रातको ११ बजेतिर प्रहरी चौकी जोरकलशको सम्पर्कमा आएका चालक राउतको अवस्था सामान्य रहेको र इलाका प्रहरी चौकी पशुपतिनगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box