सूर्य देवको उपासना गरी मनाइने छठ पर्वको आज समापन गरिएको छ ।

नदी, तलाउका किनारमा बनाइएका छठघाटमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । झापामा कन्काई, कमल, विरिङ, रतुवा, किस्नी, मेची, हडिया लगायतका खोला किनारमा आज बिहानै छठका व्रतालुहरुले उदाउँदो सूर्यलाई अध्र्य दिएर छठको समापन गरेका छन ।  आइतबार व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए । 

यस्तै जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुइँचो लागेको थियो । यसैगरि तराईका विभिन्न स्थानका साथै पहाडी जिल्लाहरुमा समेत छठको उत्तिकै रमझम रहेको थियो ।

Facebook Comments Box