कमल / झापाको कमल गाउँपाकिा वडा न. ५ मंगलवारेमा आयोजित खुला रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ । स्थानीय सगुन युवा क्लव र मंगलमय टोल विकास संस्थाको संयुक्त आयोजनामा आज भएको रक्तदानमा १४ महिलासहित ५१ जनाले रगतदान गरेका क्लवका अध्यक्ष देबेन्द्रराज आङदेम्बेले बताए ।
रक्तदानमा आयोजक टोल विकास संस्थाका अध्यक्ष गणेश प्रधान,व्यवसायी दिवान राई, विजय लिम्बू,अस्मिता राई, धर्मराज पौडेल,रविनकुमार राई लगायतले रगतदान गरेका थिए । वडाअध्यक्ष एलवी विष्टको प्रमुख आतिथ्ययता भएको रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो । जाडोमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको अध्यक्ष आङदेम्बेले बताए ।
रक्तदान कार्यक्रममा कमल गाउँपालिका ५ की कार्यापालिका सदस्य चन्द्रकला सुब्बा, कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल थापा, रेडक्रस कमल उपशाखाका सचिव पारषमणि राई , रक्तसञ्चार सेवा केन्द्रका प्रमुख सिद्धार्थ दाहाल लगायतको उपस्थिति रहेको थियो ।