गौरीगञ्ज/  झापाको गौरीगञ्जमा पहिलो पटक जिल्ला स्तरिय वडाध्यक्ष कप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ को आर्थिक सहयोग र गौरीगंज तेक्वान्दो डोजाङ्गको आयोजनामा भएको प्रतियोगिताको गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले उदघाटन गरेकी छन ।
प्रतियोगितामा जिल्ला भरिका १८ वटा टिमले भाग लिएका छन् । गौरीगंज गाउँपालिका वडा नं. ३ स्थित गौरीगंज माविको प्राङ्गगणमा शुरु भएको उदघाटन कार्यक्रममा अध्यक्ष राजवंशीले खेलको बिकास बिना स्थानीय बिकास असम्भव भएको बताइन ।

राज्यले खेलकुद क्षेत्र लाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसकेका कारणले खेलकुदले अपेक्षाकृत फड्को मार्न नसकेको अध्यक्ष राजवंशीको भनाई थियो । स्थानीय सरकारले खेलकुद बिकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको र खेलकुदप्रति गाउँपालिका सकारात्मक रहेको उल्लेख गरिन ।

कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरले मानव जिवनको अभिन्न अंगको रुपमा रहेको खेलकुदको बिकास र बिस्तारका लागि स्थानिय स्तरबाटै लाग्नु पर्ने बताईन् ।
उनले भनिन– अब राज्यको मुख ताकेर नबसौ दरिलो आट र ईच्छा शक्ति लिएर समग्र खेलकुदको बिकासमा जुटौ अनि मात्र बिकासले सार्थकता पाउने छ ।खेलाडीहरुमा अनुशासनको महत्व समेत पनि उत्तिकै हुने उनको भनाई थियो ।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. ३ का वडा सदस्य गंगा राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु सुशिल राई, सर्मिला राजवंशी, मिना पासवान, झापा जिल्ला तेक्वान्दो समितिका अध्यक्ष बाबुलाल सुब्बा, झापा जिल्ला तेक्वान्दो समितिका उपाध्यक्ष होम दुवाल, झापा जिल्ला तेक्वान्दो समितिका पूर्व अध्यक्ष दिपक धिमाल, तेक्वान्दो प्रदेश समितिका सदस्य चन्द्र गौतम, प्राविधिक इन्चार्ज कर्ण दाहाल, गौरीगंज तेक्वान्दो डोजाङ्गका अध्यक्ष रुपक कुमार राईलगायतको सहभागितामा भएको प्रतियोगितामा जिल्लाका डोजाङहरुका झण्डै १ सय भन्दा बढी खेलाडिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुष र महिला तर्फका विभिन्न तौल समूहबीच कडा प्रतिस्पर्धा भएको छ ।

प्रतियोगितामा गौरीगञ्ज डोजाङ सबैभन्दा धेरै पदक जित्दै प्रतियोगितामा पहिलो बनेको छ भने दमकको सगरमाथा तेक्वान्दो जोडाङले पनि विभिन्न तौल समुहमा कूल ८ पदक जित्न सफल भएको छ ।
सो प्रतियोगितामा दमक सगरमाथा तेक्वान्दो डोजाङका खेलाडीले दुई स्वर्ण पदकसहित ८ जनाले पदक जितेका हुन् । पदक बिजेता खेलाडीहरुमा महिलाहरुबीच ४९ केजीतर्फ लाजिमा लिम्बु (एकता एकाडेमी स्कुल) र ३८ केजीतर्फ महिला खेलाडीमा रेशु धिमाल (हिमालय माध्यमिक विद्यालय) ले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तैं, सोही प्रतियोगितामा दमक सगरमाथा तेक्वान्दो डोजाङबाट पुम्से (काँटा) तर्फ सेमिना लिम्बू (सर्वाेदय माध्यमिक विद्यालय) ले रजत पदक जित्न सफल भएकी छन् ।
प्रतियोगिता महिलाहरुकै ४६ केजीतर्फ दीप्सा पौडेल (हिमज्योती माध्यमिक विद्यालय), ३१ केजीतर्फ अदिती थापा, हाङमा लिम्बूले काष्य पदक जितेकी छन् । त्यस्तैं, पुरुषतर्फ ३४ केजीमा वीरेन्द्र राइ र सौरभ मगरले काष्य पदक जित्न सफल भएका छन् ।

Facebook Comments Box