दमक/ दमकको चुलाचुली अंग्रेजी आवासीय बोर्डिङ स्कूलले प्याव्सन स्पोर्टस मिट– २०८० अन्तर्गत भएको जिल्लास्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ ।

केर्खास्थित खेलमैदानमा माघ २५ र २६ गते भएको अन्तरपालिका जिल्लास्तरीय अण्डर १५ फूटबल प्रतियोगितामा दमकबाट छनौट भएको चुलाचुलीले जिल्ला च्याम्पियन बन्न सफल भएको हो ।

फाइनल खेलमा चुलाचुली दमकले कन्काई नगपालिकाको मेरीगोल्ड स्कूललाई १–० को जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।

पहिलो राउन्डको खेलमा विर्तामोडलाई टाइ– ब्रेकरमा ३–१ , क्वार्टर फाइनलमा हल्दिबारीलाई ५–० ले र सेमिफाइनलमा भद्रपुरलाई २–० गोल अन्तरले हराउदै दमकको चुलाचुली बोर्डिङ स्कुल फाइनल पुगेको थियो ।

यो जितसँगै चुलाचुली बोर्डिङ प्रदेशस्तरीय प्रतियोगितामा छनौट भएको आयोजक प्याव्सन झापाले जनाएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले गरेका थिए ।

प्याब्सन झापाले पहिलोपटक १५ बर्ष मुनीका फूटबल प्रतियोगिता गरेको हो । चुलाचुलीले यसअघि २०७३ मा कोकाकोला विद्यालयस्तरिय राष्ट्रिय फूटबल प्रतियोगिता जितेको थियो ।

Facebook Comments Box