दमक/ झापाको कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेलाई मातृ शोक परेको छ ।
शाखा प्रमुख  न्यौपानेकी आमा टुका देबी को हिजो (शनिवार) बेलुकी पौने ९ बजे उपचारको क्रममा विराटनगरमा निधन भएको हो ।
७० वर्षीय न्यौपाने रक्तचाप ( ब्लड प्रेसर )बाट पीडित थिइन ।
स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार गर्ने क्रममा विराटनगर स्थित नोवेल अस्पतालमा न्यौपानेको मृत्यु भएको जनाइएको छ । उनको आइतबार दिउँसो कन्काईमा अन्त्येष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

Facebook Comments Box