दमक/ सुनसरीको ईनरुवा नगरपालिका–४ मा एक जना भारतीय नागरिकले गाडीमा बोकेको एक करोड ८० लाख रुपैयाँ नक्कली नेपाली नोट बरामद भएको छ । नेपाल प्रहरीको टोलीले आइतबार बरामद गरेको सो नोटसहित २२ बर्षिय एक जना भारतीय युवकलाई सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य बिरपपुर–५ का २२ बर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई पक्राउ गरेको थियो ।
स्कारपियो गाडीमा सवार रहेका साफीलाई रोकेर चेकजाँच गर्ने क्रममा गाडी भित्र बिभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा ति नोट बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

 

Facebook Comments Box