दमक/  कमलमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।  २७ माघदेखि शुरु भएको प्रतियोगिता २९ माघ (सोमबार) सम्पन्न भएको हो ।
प्रतियोगिता अन्तर्गत भएका विभिन्न खेल बिधामा ११ स्वर्णसहित कूल २० पदक जितेर सहिद धर्मभक्त मावि केर्खाले आफनो वर्चस्व कायम राखेको छ ।
सहिद धर्मभक्तले ४ रजत ५ कास्य पदक पनि जितेको छ । त्यसैगरी महेन्द्ररत्न माविले ५ स्वर्ण, ३ रजत र ५ काँस्य, मंगलमय माविले ४ स्वर्ण, ९ रजत र २ काँस्य, सरस्वती मावि रंगपुरले ४ स्वर्ण ४ रजत र ५ काँस्य पदक जितेको छ । वन्डरलैण्ड माविले ३ स्वर्ण, ३ रजत र ४ काँस्य पदक जितेको छ भने ज्योती माविले ३ स्वर्ण, ३ रजत र १ काँस्य पदक जितेको छ ।

प्रतियोगितामा वाणि माविले ३ स्वर्ण, १ रजत र ६ काँस्य पदक जितेको छ । लालिमा बोर्डिङले २ स्वर्ण, ३ रजत र १ काँस्य जितेको छ । त्यस्तै नरेन्द्र जनता माविले २ स्वर्ण, १ रजत र २ काँस्य पदक जितेका छन । सरस्वती मावि मुजुरभिट्टाले २ स्वर्ण, १ रजत र २ काँस्य पदक जितेको छ भने स्मारिका बोर्डिङले १ स्वर्ण, १ रजत र ५ काँस्य पदक जितेका छन । सिंहदेवी आविले १ स्वर्ण र १ काँस्य पदक जितेको छ ।
प्रतियोगिताको उदघाटन जिल्ला समन्वय समिति झापाका संयोजक विश्व बरालको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको सभापतित्वमा आयोजित औपचारिक कार्यक्रमकाबीच गरिएको थियो । प्रतियोगितामा कूल १८ बिद्यालयका बिद्यार्थीहरुले विभिन्न विधामा भएका प्रतियोगितामा भाग लिएका थिए ।

Facebook Comments Box