इलामको चुलाचुलीस्थित ऐनापोखरीमा रहेको ऐनापोखरी श्रम साँस्कृतिक पार्कमा आयोजित ऐनापोखरी महोत्सवले यस क्षेत्रमा आन्तरिक पर्यटकहरुको आगमन बढाएको छ । १ फागुनदेखि शुरु भएको महोत्सवमा दैनिक सयौं अवलोकतनकर्ता सर्वसाधारणको संख्या बढिरहेको छ ।
महोत्सवस्थल ऐनापोखरी आफैंमा प्राकृतिक सौन्दर्यताले भरिएको ठाउँ हो । वरिपरी पहाडै पहाडले घेरेको र बिचको गहिरो भुभागमा महोत्सवका आकर्षणका रुपमा रहेका रोटे पिङ, खेल तमासाहरुको मनोरञ्जन लिन सकिन्छ ।
महोत्सवस्थलमा स्थानीय खानेकुराहरुसँगै परम्परागत घरहरु, सेल्फी सपोटका रुपमा छन ।
दैनिक रुपमा स्थानीय कला प्रतिभाहरुको उजागर गर्न गीत, नृत्य आदि प्रस्तुत गर्ने मौका दिने गरिएको आयोजक समितिका अध्यक्ष कैलाश थुलुङले जानकारी दिए । महोत्सवमा आज शनिबारको साँझलाई रमाइलो बनाउन युवा पुस्तामाझ लोकप्रिय चर्चित गायक कमल खत्री आउँदैछन ।
खत्रीको आगमन हुने आयोजकले पूर्व जानकारी गराएका कारण चुलाचुलीका अतिरिक्त दमक, उर्लाबारी, मधुमल्ला, केर्खा, महमाई लगायतका पूर्व क्षेत्रबाट उनका फ्यानहरु खत्रीको ब्यग्र प्रतिक्षामा बसिरहेका थिए । धेरै साथीहरु महोत्सवस्थलमा टाढा टाढा देखि पनि आइरहनु भएको छ – अध्यक्ष थुलुङले भने ।

दमकबाट ६/७ किलोमिटरको उत्तर तर्फको चुरे भुभागमा अवस्थित सो महोत्सव हेर्न दमकसहित आसपासका ग्रामिण तथा शहरी क्षेत्रबाट सर्वसाधारणहरु जाने गरेका छन ।
चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ आन्तरिक पर्यटन प्रवद्र्धनमा ऐनापोखरी महोत्सवले महत्वपूर्ण टेवा पुरयाएको बताउँछन । यो महोत्सवले अरु शहरीया महोत्सवहरुलाई नै ओझेल पारिदियो । महोत्सवका माध्यमबाट स्थानीयहरुले मनोरञ्जन मात्रै नभएर आर्थिक तथा व्यवसायिक लाभ समेत लिन सफल भइरहेकोले महोत्सवबाट सर्वसाधारण खुशी भएको उनको भनाई छ । अब यो ऐनापोखरी पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न हामीलाई थप हौसला मिलेको छ –अध्यक्ष केरुङले भने ।

Facebook Comments Box