दमक/ झापा दमक ८ की एक जना बिरामी महिलाको उपचारका लागि लायन्स क्लब अफ दमक स्वीट सिटीले ६७ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।
करिब ९ महिना अघिदेखि लिभर सम्बन्धिको समस्याबाट पीडित भई विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा उपचार गराईरहेकी दिलकुमारी कार्की न्यौपानेको उपचारमा आवश्यक थप सहयोग स्वरुप सो रकम सहयोग गरेको क्लबका अध्यक्ष भिम पौडेलले जानकारी दिए ।
बिरामी दिलकुमारी ९ महिना अघि छोरालाई जन्मदिने क्रममा अस्वस्थ भई सो अस्पतालमा उपचार गराउँदै आएकी बताइएको छ । उनको परिवारलाई क्लबले इच्छुक सहयोगी दाता तथा क्लबका मेम्बरहरुबाट संकलित सो रकम आज बिहिबार आयोजि संक्षिप्त कार्यक्रममा हस्तान्तरण गरेको हो । लायन्स एओजी समेत रहेका दमकका परिचित चिकित्सक एवं सामाजिक व्यक्तित्व डा. सूर्यनारायण साहको प्रमुख उपस्थितीमा सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सो अवसरमा डा. साहले लायन्स क्लब स्वीट सिटीले मानवीय सेवाका क्षेत्रमा गरेको सो सहयोग प्रशंसनिय भएको बताउँदै यस किसिमको सेवाको भावनालाई बढाउन आग्रह गरे ।
सो अवसरमा न्यौपानेको पारिवारिक अवस्था र सो सेवाको औचित्यबारे लायन्स क्लबका डिस्ट्रिक चिफ विश्वास कश्यापले जानकारी गराएका थिए भने प्रोग्राम कोअर्डिनेटर बुद्धिसागर बराल, लायन्सका रिजन चेयर पर्सन हरि उप्रेती, मुकुन्द आचार्य, जोन चेयर पर्सन मनोज रिजाल, लियो क्लबका प्रेसिडेन्ट अभिषेक भगतसहित लायन्सकर्मीहरुको उपस्थिती रहेको थियो ।

 

Facebook Comments Box