दमक/ नेकपा एमालेले दमक नगर भित्र वडा तहको अधिवेशन धमाधम गरिरहेको छ । करिब एक महिना अघि दमकमा चयन भएको एमालेको नगर नेतृत्वले पार्टी सर्कुलर अनुसार नगरका सबै वडा तहको अधिवेशन गरिरहेको हो ।
एमाले दमक नगर कमिटीका नवनिर्वाचित अध्यक्ष राम पौडेलका अनुसार हाल सम्म दमकको वडा नं ६, ७ र ८ मा वडा तहको अधिवेशन सम्पन्न भई वडा कमिटीको नेतृत्व चयन भइसकेको छ ।

नगरका कूल १० वडा मध्ये अन्य वडाहरुको पनि अधिवेशन गर्ने तालिका अनुसार तयारी भइरहेको छ । एमालेले स्थानीय तहको पुनसंरचनापछि भएका अधिवेशनलाई आधार मानेर अहिले वडा तहमा दोश्रो वडा अधिवेशन गरिरहेको हो ।
वडा नं ८ मा सम्पन्न दोश्रो वडा अधिवेशनले ख्याम श्रेष्ठको अध्यक्षतामा पार्टीको वडा कमिटी चयन गरेको जनाइएको छ । श्रेष्ठ सो वडाबाट स्थानीय तह निर्वाचन २०७९ मा वडा सदस्य निर्वाचित जनप्रतिनिधि पनि हुन् ।

 

वडा कमिटीको उपाध्यक्षमा युबराज आचार्य ,सचिवमा प्रकाश रिजाल, उपसचिवमा महेन्द्र दुलाल र अंशु के.सी निर्वाचित भएका छन् ।


त्यसैगरी दमक ६ को वडा कमिटी अधिवेशनले अध्यक्षमा बुद्धिशेखर भट्टराईलाई चयन गरेको छ । कमिटीको उपाध्यक्षमा बिकास रणपहेंली, सचिवमा मुकुन्द आचार्य, उपसचिवमा शेखर अधिकारी र कमला भट्टराई अधिकारी लगायत निर्वाचित भएका छन् ।
त्यसैगरी दमक –७ को वडा अधिवेशनबाट राधाकृष्ण आचार्यको अध्यक्षतामा वडा कमिटी निर्वाचित भएको छ । कमिटीको उपाध्यक्षमा अम्बिका न्यौपाने, सचिवमा सुमन मोते, उपसचिवमा संजोग तामाङ र भीम प्रसाद सुवेदी लगायत निर्वाचित भएका छन् । पार्टीले वडा नं ९ र १० को अधिवेशन २८ असारमा गर्ने योजना बनाएको छ भने २९ गते ४ नम्बर वडा र ३० गते २ नम्बर वडाको अधिवेशन गर्ने तालिका छ । अन्य वडाहरुको पनि अधिवेशन यहि श्रावणको पहिलो साता भित्र सम्पन्न गरिने जनाइएको छ ।

पार्टीले वडा तहको अधिवेशनका क्रममा पार्टीका पूर्व वडा कमिटी अध्यक्ष तथा अग्रज नेतृत्व, सेल्टरदाता परिवार लगायतलाई सम्मान समेत गरिरहेको छ । अधिवेशनले पार्टीको टोल कमिटीसँग आम कार्यकर्ताहरुमा नयाँ उर्जा दिने र राष्ट्रिय तथा स्थानीय राजनीतिको वर्तमान अवस्थामा पार्टीको भुमिकालाई सशक्त बनाउन मद्धत पुर्याउने विश्वास गरिएको एमाले नगर कमिटीले जनाएको छ ।

Facebook Comments Box