गौरादह/ झापाको गौरादह नगरपालिका वडा नं. १ स्थित सितापुरीमा गए राति १ बजे मोटरसाईकल दुर्घटनामा परेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ। पाडाजुगीबाट गौरादह तर्फ जाँदै गरेको लु.९ प.१२७१ नबरको मोटरसाईकल अनियन्त्रित भई सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठोक्किँदा मोटरसाईकल पछाडी सवार भारतको झारखण्ड प्रान्त निवासी ४० वर्षीय कमल ठाकुरको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनलाई उपचारका लागि निम्स अस्पताल दमकमा ल्याईएको थियो । उपचारकै क्रममा अन्दाजी ०२:३० बजे डाक्टरले ठाकुरलाई मृत घोषित गरे। मोटरसाईकल चालक झापा गौरादह नगरपालिका वडा नं. १का ३३ वर्षीय गोपाल ठाकुर पनि घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गौरादहले दुर्घटनाग्रस्त मोटरसाईकललाई नियन्त्रणमा लिएको छ भने चालक ठाकुरलाई मापसे गरेको आशंकामा नियन्त्रणमा लिइएको छ।
यो दुर्घटना गौरादहको ट्राफिक पोस्टबाट अन्दाजी २ किलोमिटर उत्तरमा भएको हो। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।