दमक/ लागुऔषध मुद्धामा अदालतबाट म्याद थपको आदेश लिएर प्रहरीले अनुसन्धान अघि बढाइरहेकै समयमा एक जना थुनुवाको मृत्यु भएको छ । गत श्रावण १३ गते मेचीनगर ६ मेची पुलबाट पाँच ग्राम खैरो हिरोइन सहित पक्राउ परेका मेचीनगर ७ का २८ बर्षिय झक बहादुर खड्काको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
लागु औषध मुद्दामा झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको समयमा खड्काको स्वास्थ्य अवस्था आज आइतबार बिहान ०१ः४० बजे असहज भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई तत्काल आम्दा अस्पताल धुलाबारी झापा लगिएको र उपचारको क्रममा . ०१ः५५ बजे चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।
दमकका तीन युवक पक्राउ
यसैबीच दमकका तीन जना युवकलाई लागुऔषध ओसारपसारमा प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो झापा गाँउपालिका वडा न. १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले को.३२ प.८९७४ नम्वरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा दमक नगरपालिका साविक वडा नम्बर १२ का २६ बर्षिय मनिस थापा , २२ बर्षिय रिकाश बस्नेत र १९ बर्षिय रोेमित कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीलाई देख्ना साथ कालो प्लाष्टिकको पोका भुईँमा फ्याँकेर भाग्न खोज्दा थापासंगै रहेका बस्नेत र १९ बर्षिय रोमित कट्वाललाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । थापाले फ्ँयाकेको कालो प्लाष्टिकको पोका खोलेर हेर्दा प्रतिबन्धित लागु–औषध ब्राउन सुगर प्लाष्टिक सहित ३ ग्राम ४४० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box