दमक/   झापाका तीन स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
झापा गाँउपालिका वडा न. ४ टाघनडुब्बामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साईकलमा आउदैं गरेका भारतको किसनगञ्ज जिल्ला सतकुवा दिंगलबैक पञ्चायत वडा न.१ का ३६ बर्षिय १६ ग्राम ८३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
त्यसैगरी मेची नगरपालिका वडा नं. ६ मा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा न. १० का ३४ बर्षिय बिशाल गुरुङलाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउदैं गरेको प्रदेश.१–०१–०१७ प. ५८६ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा खैनीको प्याकेट भित्र प्लाष्टिकले पोका पारेर लुकाई ल्याउदैं गरेको प्रतिबन्धित लागू–औषध खैरो हेरोइन १ ग्राम ७० मिलिग्राम फेला पारेको हो ।
त्यसैगरी बिर्तामोड नगरपालिका वडा न. १ बिर्तासिटी अस्पताल परिसरबाट शंकास्पद अवस्थामा हिडडुल गरिरहेका ३ जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले जिल्ला बिर्तामोड नगरपालिका वडा नं.६ का २४ बर्षिय अनिष चौधरी, २५ बर्षिय सुरज राई, र २३ बर्षिय धिरज राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box