दमक/ झापाको शिवसताक्षी नगरपालिका वडा नं.८ रत्न चौकका २४ बर्षिय फुर्वा तामाङलाई लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बिहिबार राती पक्राउ गरेको छ ।
आफ्नै घरमा लागु–औषध ब्राउनसुगर बेचबिखन गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले तामाङलाई राती करिब साढे ८ बजे नियन्त्रणमा लिएको हो ।
उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिक प्लाष्टिक बाहेक १ ग्राम फेला परेकाले इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दले जानकारी दिए ।

Facebook Comments Box