दमक/ पूर्व क्षेत्रमानै उच्च शिक्षाका लागि लागि उत्कृष्ट गन्तव्यका रुपमा परिचित दमकस्थित दमक बहुमुखी क्याम्पसले विविएमा अध्ययनरत ६ जना उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
बिबिए संकायले शुक्रवार औपचारिक कार्यक्रम गरी विविएका विभिन्न सेमेस्टरबाट उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थीहरुलाई जनही नगद ४८ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।
बिबिए दोश्रो समेस्टरकी कृतिका बराल, चौथो सेमेस्टरका मोहन थापा र प्रतिका दाहाल, तेश्रो सेमेस्टारका मोहन थापा र जिना थापा, छैठौ सेमेस्टारकी अस्मिता दाहाल र सातौं सेमेस्टारकी युगेश्वरा गजुरेललाई जनही रु ४० हजारका दरले प्रोत्साहन स्वरुप नगदसहित प्रमाणपत्रद्धारा पुरस्कृत गरियो ।
उनीहरुलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डिराज भण्डारी, क्याम्पस प्रमुख यज्ञराज गिरी (राम) ,विविए विभाग प्रमुख आरसी अधिकारी, सहायक क्याम्पस प्रमुख पारसमणी आचार्य, बिबिएका फोकल पर्सन रत्नबहादुर थापा लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
क्याम्पसले पहिलोपटक विविएका अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप त्यस्तो नगद पुरस्कारसहित सम्मान प्रदान गरेको विविए विभागका प्रमुख रामचन्द्र (आरसी) अधिकारीले जानकारी दिए ।
उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्दे क्याम्पसका अध्यक्ष भण्डारीले विविए परीक्षाको नतिजाले क्याम्पसको शैक्षिक विकासमा टेवा पुगेको उल्लेख गरे । उनले विद्यार्थीको पठनपाठनलाई थप व्यवस्थित बनाउन विविएका सवै कक्षा कोठामा चिसोका लागि तत्काल एसी जडान गरिने प्रतिवद्धता जनाए ।
सो अवसरमा स्ववियू सदस्य हेमन्त सिटौलाले स्वागत मन्तव्य राखेका थिए । दमक बहुमुखी
क्याम्पसमा पाँच वर्षदेखि विविए विषयको पठनपाठन हुदैआएको छ । कक्षा १२ को नतिजा आएसंगै विविएसहित स्नातक तह अन्तर्गत विभिन्न संकायमा अध्ययनका लागि सिमित संख्यामा बिद्यार्थी भर्ना खुलाइएको क्याम्पस प्रमुख गिरीले जानकारी दिए । उनका अनुसार यसवर्ष विविएमा ६६ सिटका लागि नयाँ भर्ना खुलाइएको हो ।