दमक/ बिहिबार बिहान झापाको हल्दीबारीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
बिहान करिब ९ बजे हल्दीबारी गाउँपालिका वडा नं ३ स्थित रणकाली सामुदायिक वनमा घाँस काटेर फर्किने क्रममा हात्तीले आक्रमण गर्दा सोही ठाउँका अन्दाजी ६० बर्षिय वाङदी गुरुङको ज्यान गएको हो ।
हात्तीले गुरुङलाई लछारपछार पारेर कुल्चिएर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिए ।

 

Facebook Comments Box