दमक/ शुक्रबार बिहान उज्यालो हुन नपाउँदै दमकको ५ नम्बर वडाका जनप्रतिनिधिहरुको फोनमा घण्टी बजि सकेको थियो । हत्तपत्त वडाध्यक्ष इन्द्र गुरुङ आफ्ना सहयात्री जनप्रतिनिधिहरुसँगको सम्पर्कमा जोडिए । बिहानैदेखि सो वडाको सुधार टोलका अध्यक्ष नरेन्द्र नेपाल जनप्रतिनिधिहरुको पर्खाईमा ।

 

टोलबासी होटल व्यवसायी मदन ढकाल, अगुवा महिला नेतृ लीला ढुंगल दाहाल टोलमा निर्धारित वडा सौन्दर्यकरणको कार्यक्रममा सघाउँदै सहभागीहरुलाई चियाको बन्दोबस्तीमा ।
दशैं शुरु भएपछि यि र यस्तै कामहरुमा धेरैको मन केन्द्रित भएको छ । सुधार टोल बिकास संस्था राजमार्गसँग पनि जोडिन्छ ।

यो टोलको भित्री सडक मंगलदीप मार्गदेखि यलम्बर चोक छेउ सम्मका आसपासका ४०/४५ घर धुरीका घर अगाडी राखिएका गमलामा रंग बदल्दै फुल्ने प्रजातिको हरियाली विरुवा रोप्ने काम गरिएको छ । टोल बिकास संस्थाका अध्यक्ष नेपालका अनुसार हरेक गमलामा मलिलो माटो भरेर विरुवा रोप्ने कार्यक्रम गरिएको छ ।

हात हातमा विरुवा बोकेर वडाध्यक्ष गुरुङ, कार्यपालिका सदस्य समेत रहेकी वडाकी महिला जनप्रतिनिधि शोभा बेल्बाँसे, वडा सदस्य गोपालकृष्ण संग्रौला , खड्ग राईसहित अन्य स्थानीय सामाजिक व्यवसायिक क्षेत्रका अगुवाहरु सहभागी भएका छन् ।
वडाध्यक्ष गुरुङका अनुसार यहाँका हरेक सडक तथा सार्वजनिकस्थलहरुलाई सफा र स्वच्छ बनाइ राख्न आम वडाबासीहरुसँग अपिल गरिएको छ । सफा र स्वच्छ वातावरण मानव जीवनका लागि अपरिहार्य रहेकाले अब भौतिक पूर्वाधारको बिकासमा फड्को मारिसकेको यो वडाको सौन्दर्यकरणमा जोड दिइएको वडा सदस्य गोपालकृष्ण संग्रौलाले बताए ।

 

Facebook Comments Box