दमक/ अन्तराष्ट्रिय सञ्जाल भएको शैक्षिक संस्था क्वालिटी सर्कल्स इन एजुकेसन फर स्टुडेन्ट्स पर्सनालिटी डेभलपमेन्ट (क्वेस्ट) नेपालको कार्यकारी सदस्यमा झापा दमकका युवा शैक्षिक व्यक्तित्व सागर श्रेष्ठ चयन भएका छन् ।
दमक ८ मा रहेको झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स) का प्रिन्सिपल तथा दमक नगर शिक्षा समिति सदस्य समेत रहेका श्रेष्ठलाई क्वेष्टको १६ औ बार्षिक साधारण सभाले बर्ष २०२४–०२७ सम्म तीन बर्षे कार्यकालका लागि कोशी प्रदेशबाट चुनेको हो ।
काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलमा श्रेष्ठ कोशीबाट क्वेस्टको कार्यकारिणी पदमा नियुक्त हुने पहिलो शैक्षिक व्यक्तित्व हुन् ।
एसक्यूसी (स्टुडेन्ट क्वालिटी सर्कल) बिद्यार्थीहरुको शैक्षिक गुणस्तर बिकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको संस्था हो । कोशी प्रदेशबाट श्रेष्ठले क्वेस्टमा प्रतिनिधित्व गरेसँगै संस्थागत बिकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
श्रेष्ठले नेतृत्व गर्दै आएको झापा मोडल( जेम्स)ले क्वेष्टका हरेक गतिविधिमा उत्कृष्ट भूमिका निर्वाह गर्दै आएको छ ।
यसैवीच, जेम्सले आफना प्रिन्सीपल श्रेष्ठलाई क्वेष्टको कार्यकारी सदस्यमा नियुक्त गरेको प्रति खुसी व्यक्त गरेको छ ।
को १६औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
क्वेस्टको वर्ष २०२४–२७ का लागि नारद रिजालको अध्यक्षतामा कमिटी गठन गरिएको बताइएको छ ।
वरिष्ठ उपाध्यक्षमा देवराज घिमिरे, उपाध्यक्षमा मोहनकुमार कार्की, महासचिवमा रामबाबु अधिकारी र सचिवमा रवी श्रेष्ठ निर्वाचित भएका जनाइएको छ ।
यसैगरी कोषाध्यक्षमा जमुना महर्जन निर्वाचित भएकी छन् ।
असोज १२ गते ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा संस्थाको १६औ वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
विद्यार्थीको गुणीय चक्र (एसक्यूसी) विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने शैक्षिक कार्यक्रम हो ।
सन् १९९९ देखि देशका विभिन्न शैक्षिक संस्थामा यो भित्रिएको थियो भने सन् २००५ देखि हरेक वर्ष यसको राष्ट्रिय सम्मेलन हुँदै आएको छ ।
क्वेस्ट नेपाल विद्यार्थीको गुणीय चक्रको प्रचार र कार्यान्वयन गरी सामाजिक, व्यवहारिक र असल विद्यार्थी उत्पादनका लागि प्रशिक्षित गर्ने उद्देश्यका साथ स्थापना गरिएको एक स्वयंसेवी संस्था हो ।
हाल नेपालका २०० भन्दा बढी विद्यालयमा सहायक तथा मुख्य पाठ्यक्रमका रूपमा विद्यार्थीको गुणीय चक्रको प्रशिक्षण तथा पठनपाठन भइहरेको छ ।
विद्यार्थीको गुणीय चक्रको अवधारणा सन् १९६२ मा जापानी उद्योगमा वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न लागू गरिएको गुणीय चक्रको अवधारणाबाट प्रेरित भएको मानिन्छ ।
हाल विश्वका २५ भन्दा बढी देशका विद्यालयमा यो प्रणाली लागू भएको क्वेस्ट नेपालले उल्लेख गरेको छ ।