दमक/ जवरजस्तीकरणी मुद्धामा फरार झापा बुद्धशान्ती गाउँपालिका वडा नं ३ बुधबारेबाट झापाको कमल ३ का एक युवकलाई प्रहरीले छ बर्षपछि पक्राउ गरेको छ ।
बिहिबार साँझ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले २०७५ सालमा सो मुद्धामा झापा जिल्ला अदालतबाट ११ बर्ष कैद सजायँ तोकिएका कमल गाउँपालिका ३ का ३० बर्षिय कृष्ण थेबेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।