दमक/ झापाको दमकसहित तीन ठाउँमा शनिबार राती आगलागी भएको छ । दमक वडा नम्बर १ रवि स्टेनका शिव राईको अढाई तले घरको भुईँ तलामा रहेको किराना तथा कस्मेटिक पसलमा बिद्यत सट भइ राती करिब १२ बजे आगलागी हुँदा करिब १५ लाख बराबरको धनमाल नोक्सान भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो घरमा रामकिशोर साहले सञ्चालन गर्दै आएको पसलमा बिद्युत सर्ट हुँदा आगलागी भएको हो ।
आगलागीबाट पसलमा रहेका किराना सामान, कस्मेटिक सामान, खाद्यान्न सामान, झ्याल, ढोका, फ्रिज र अन्य सर–सामानहरु समेत जलेर नष्ट हुँदा सो बराबरको नोक्सान भएको जनाइएको छ ।
सो आगो दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा राती १ बजे निभाइएको थियो । त्यसैगरी राती १० बजे झापा अर्जुनधारा नगरपालिका वडा नम्बर .११ सालबारीका भुमिनाथ बराल र अमर राउतको एक बिघा धान काटेर जम्मा गरी राखेको धानको कुनिउमा अचानक आगलागी भएको छ ।
त्यसैगरी झापा झापा गाउँपालिका वडा नं. ७ रमितेटोलका लुखी हस्दाको घरमा बिद्युत हुँदा आगलागी भएको छ । आगलागीबाट ३ कोठे सो घरमा रहेका सामान र ग्वाली गोठ समेत जल्दा अन्दाजी अढाई लाख बराबरको नोक्सान भएको छ । राती करिब ७ बजेछि सो आगलागीको घटना भएको थियो ।

Facebook Comments Box