दमक/ पूर्व पश्चीम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका वडा नं ८ लक्ष्मिपुरमा छोटा हात्ती (पिकअप भ्यान) को ठक्करबाट एक जनाको ज्यान गएको छ ।
बिर्तामोडबाट सुरुङगा तर्फ जादैं गरेको ना ४ च ४०८४ नम्बरको छोटा हात्ती गाडीले बाटो क्रस गर्दै गरेका पैदलयात्री कनकाई नगरपालिका वडा नम्बर ८ का ६५ बर्षिय गर्बसिंह राईलाई ठक्कर दिँदा ज्यान गएको हो । ठक्करबाट घाईते राईको उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोेमा उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गाडी र गाडी चालक बिरगंञ्ज महानगरपालिका वडा नं. १६ का दिपक गुप्ता इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन ।