दमक/ नेपाल फिजियोथेरापी संघ, कोशी प्रदेश समितिको नयाँ समिति गठन भएको छ ।

इटहरीस्थित सोल्टी होटलमा संघका निवर्तमान अध्यक्ष भारती देवको अध्यक्षतामा भएको फिजियोथेरापी चिकित्सकहरुको भेलाले प्रमोद सिंहको अध्यक्षतामा दमकका विनोद भट्टराई उपाध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । भट्टराई सिटीसि फिजियोथेरापी सेन्टरका सञ्चालक समेत हुन् ।

सोही कार्य समितिको सचिवमा रिनकी अधिकारी र कोषाध्यक्षमा अभिषेक कुमार साह, सदस्यहरुमा रक्षा पोख्रेल, जितेन्द्र यादव, सदिप बराल, रजनीश ठाकुर, देव कुमार मण्डल, शिवम् कर्ण र सुमन लिम्बू रहेका छन् । सो संघले फिजियोथेरापी सेवाको विश्वसनियता बढाउने र यो सेवालाई सर्वसाधारणमाझ सहज रुपमा प्रवाह गर्ने बिषयका अतिरिक्त व्यवसायिक हकहितमा पनि काम गर्ने नवगठित कार्यसमितिका उपाध्यक्ष भट्टराईले जानकारी दिए ।

Facebook Comments Box