दमक/ दमक मदिरा व्यवसायी संघले मेची डिस्टीव्यूर्टस एशोसियसनका नवनिर्वाचित अध्यक्षसहित दुई जनालाई सम्मान प्रदान गरेको छ ।
मोरङको पथरीशनिश्चरे १ भुल्के सिमसारमा शुक्रवार एक कार्यक्रम गरि दमक क्षेत्रका मदिरा व्यवसायीहरुवीच परिचयात्मकसंगै सम्मान तथा बनभोज कार्यक्रम गरिएको हो ।
सम्मानित हुनेमा एशोसिएसनको गत माघ १४ गते सम्पन्न चुनावी बार्षिक साधारणसभाबाट अयक्षमा सर्वसम्मत निर्वाचित राजीव श्रेष्ठ र एशोसिएसनमा माईपश्चीम क्षेत्रकै प्रतिनिधित्व गरि सहसचिवमा निर्वाचित दिनेश मैनाली रहेका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ ,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई , सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक प्रेम भण्डारीलगायतले सम्मान पत्र प्रदान गरेका थिए ।
सो कार्यक्रममा मदिरा व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष नविन तामाङसहित व्यवसायी नेताहरुको उपस्थिती रहेको थियो ।
संघका सचिव तोर्ण बस्नेतले स्वागत मन्तव्य राखेका कार्यक्रममा मदिरा व्यवसायी,मदिरा तथा विभिन्न उपभोग्य खाद्य कम्पन्नीका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
वनभोजलाई गोर्खा बु्रअरी सिजी बु्रअरी ,द नेपाल डिस्टीलरी, नेपाल लिकर्स लगायतका कम्पनीले सहयोग पुरयाँएका थिए ।
सोहि अवसरमा मनोरञ्जन प्रदान गर्न हण्डीफोर, म्यूजिकल चियर तथा गीत,नृत्य लगायतका कार्यक्रम समेत गरिएको उक्त कार्यक्रमका संयोजक अर्पित खड्काले जानकारी दिए ।