झापामा मेडिकल व्यवसाय सञ्चालन गर्दै राजनीतिक , सामाजिक क्षेत्रमा पनि सक्रिय नेतृत्व गरिआएका र पछिल्लो समय मुलुकको राजनीतिक व्यवस्थानै परिवर्तन गरिछाड्ने उदघोष गरेका दुर्गा प्रसाइँको जिवनमा बर्ष २०८१ ले निक्कै ठुलो उथलपुथल ल्याएको छ ।
शुरुमा वामपन्थी बनेर कम्युनिष्ट पार्टीहरुमा जोडिएका प्रसाइँ पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋणीका घर जग्गा धितो लिलाम गर्ने हर्कतका विरुद्ध निक्कै आक्रामक ढंगबाट देशव्यापी अभियान उत्रिए ।
गरीब, विपन्नहरुको मात्रै होइन धनाढ्य व्यापारीहरुले लिएको ऋण समेत मिनाहा हुनुपर्ने, बैंकहरुले जथाभावी रुपमा बढाएको ऋणको ब्याजदरमा अंकुश लगाउनुपर्ने उनका अभिव्यक्तिहरुको निरन्तरताले उनलाई बर्ष २०८१ सम्म आई पुग्दा मुलुकको राज्य व्यवस्थानै परिवर्तन गराउने आन्दोलनमानै होमिन हौस्यायो ।
वर्ष २०८१ मा दुर्गा प्रसाईंले राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेखनीय गतिविधिहरू गरे ।
उनले जनसरकार घोषणा, हिन्दू राष्ट्र स्थापनाको योजना, ठुला ठुला जनप्रदर्शन लगायतका कार्यक्रम मार्फत देशको राजनीतिक परिदृश्यमा प्रभाव पार्ने प्रयास गरे । यद्यपि, उनका गतिविधिहरूका कारण उनले प्रशंसा र आलोचना दुवै खेप्नु परेको छ ।
प्रसाईंको नेतृत्वमा नेपाली राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेखनीय उथलपुथल भएको महसुस पनि गर्न सकिन्छ ।
व्यवस्था परिवर्तनको हिम्मत गरेर उनले यस बर्षमा चालेका कदमकहरु निक्कै साहसीपूर्ण मानिए । यद्यपी राजनीतिमा अरु पार्टी र नेताहरुको जस्तै उनको पनि छवि राम्रो रुपमा भने बन्न सकेन ।
उनले विभिन्न आन्दोलन, घोषणाहरू र विवादास्पद अभिव्यक्तिहरूमार्फत देशको राजनीतिक परिदृश्यमा प्रभाव पार्ने प्रयास त गरेनै अन्तमा आएर जेलको ढोका सम्म पुरयायो ।
मंसिर ७ गतेको बृहत नागरिक मुक्ति आन्दोलन
प्रसाईंले मंसिर ७ गते काठमाडौंम गणतन्त्र र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्ने घोषणा गरे । उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानमार्फत देशभरिबाट १० देखि १५ लाख मानिस काठमाडौंमा भेला हुने दाबी गरेका थिए । यद्यपी ४÷५ हजारको संख्यामा मानिसहरु उतार्न उनी सफल भए ।
जनसरकार र हिन्दू राष्ट्र घोषणाको योजना
प्रसाईंले मंसिर ३० गते जनसरकारु घोषणा गर्ने र फागुन १ गते वैदिक सनातन हिन्दू राष्ट्रु घोषणा गर्ने योजना सार्वजनिक गरे । उनले झापामा पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिलेर हिन्दू राष्ट्र स्थापनाको संकेत दिएका थिए ।
चैत्र १५ गतेको प्रदर्शन
चैत्र १५ गते काठमाडौंमा देश बचाउने संकल्पसहितको विशाल जनप्रदर्शनको घोषणा गरेका उनले बैंक, सहकारी, लघुवित्त पीडित, बेरोजगार युवा, दलित, सीमान्तकृत समुदाय लगायतलाई आन्दोलनमा ठुलो संख्यामा उतारे ।
उनलाई राजावादीहरुको समुहले समेत औपचारिक रुपमानै साथ समर्थन दिँदै ऐक्यबद्धता जनाए । जसको कारण त्यहाँको प्रदर्शन निक्कै चर्चामा रह्यो । प्रदर्शनमा दुई जनाले ज्यान गुमाउनु पर्यो ।
यो घट्नापछि फरार रहेका प्रसाइँ बारबार सामाजिक सञ्जालमा भिडिओ सन्देश सहित आइरहे । उनले आफ्नो सन्देशमा देश छोडेर कतै नभाग्ने, आफ्नो ज्यान खतरामा रहेको जस्तै अभिव्यक्तिहरु दिइरहे । प्रहरीले उनको खोजी तिब्र बनायो । उनका सहयोगीहरुदेखि दाजु सम्म पक्राउ परे ।
२८ चैतमा नेपाल प्रहरीले भारतको आसाम प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गर्यो । आसामबाट भारतीय प्रहरीले नै उनलाई नेपाल सम्म ल्यायो । र भद्रपुर विमानस्थल हुँदै काठमाडौ. लगेर जिल्ला सरकारी वकिलको कार्यालयबाट १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति लियो ।
एमालेसँगको सम्बन्ध र असन्तुष्टि
प्रसाईंलाई नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनयन गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको थियो ।
योगेश भट्टराई, गोकर्ण विष्ट, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरूले सल्लाहबिना मनोनयन गरिएको भन्दै विरोध जनाएका थिए । अन्तत उनलाई सो पार्टीबाट निकालिए पछि अलग अभियानमा लागे ।
एमाले र ओलीप्रति आलोचना
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब लगानी रहेको फेक डकुमेन्ट सार्वजनिक गरेको आरोप लाग्यो । एमाले नेता महेश बस्नेतले उनलाई सामाजिक अराजकतावादीको संज्ञा दिएका थिए ।

 

Facebook Comments Box