काठमाडौं/  राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको नयाँ मिति तोकेको छ । हाल पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

बैठकले २०८२ असोजसम्ममा वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।

त्यस्तै २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले बताए ।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको छ । त्यसमध्ये ७०० वडामा अधिवेशन सम्पन्न भइसकेको झाले जानकारी दिए ।

७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको छ । ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ । सातवटै प्रदेशमा समिति गठन भएको छ ।

Facebook Comments Box