ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गर्दा विद्युतको तारमा परेर बोलेरो गाडीमा आगलागी हुँदा घाईते भएका आमा छोरा दुई जनाको उपचारका लागि काठमाडौं लगिएको छ ।
सोमबार (आज) बिहान पाथीरभरा दर्शनका लागि जाँदै गरेको मे १ जे ३०११ नम्बरको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँद घाईते भएका ललितपुरका वर्ष ४५ की सविना आचार्य र उनका छोरा वर्ष १० का अभियम आचार्यलाई थप उपचारका लागि अन्नपुर्ण एअर लाईनसको नाईन एन एएनयु हेलिकप्टर मार्फत काठमाडौं लगिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
घाईते सविना र छोरा अभियमलाई लिन काठमाडौंबाट हम्स अस्पतालका दुई विशेषज्ञ चिकित्सकसहितको टोलीसहित हेम्स अस्पताल नै लगिएको हो ।
मृतक छोरी १६ वर्षीय आध्या आचार्यलाई पनि काठमाडौं लाने भनिएपनि हेलिकम्परमा क्षमता नभएका कारण नलगिएको बताईएको छ ।
सविनाका बुबा आमा झापा जिल्लाको भद्रपुर नगरपालिका १५ का वर्ष ७० का विनोद पौडेल र वर्ष ६९ की सरिता पौडेलको शव बुझ्न उनीहरुका आफन्त ताप्लेजुङ जाने क्रममा रहेका छन् । शब जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाईने प्रहरीको भनाई छ ।
आज विहान बिद्युतको तारबाट गाडीमा आगलागी भई दुर्घटना हुँदा ताप्लेजुङको फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराईको पनि ज्यान गएको छ ।
प्रहरीका अनुसार ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा हाई टेन्सनको बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा दुर्घटना भएको बताईएको छ ।

 

 

Facebook Comments Box