गौरीगञ्ज/ नेपाल रेडक्रस सोसाईटी उपशाखा गौरगञ्जको नेतृत्व चयन भएको छ । उपशाखाको अध्यक्षमा कैलाश कुमार मास्के चयन भएका छन् ।
गौरीगञ्ज गाउँपालिकाको सभाकक्षमा आज शुक्रबार सम्पन्न उपशाखाको पहिलो गाउँसभाबाट अध्यक्षमा मास्केसहित उपाध्यक्षमा कल्पना थापा, सचिवमा यादब रिजाल र कोषाध्यक्षमा पुष्पलता राजवंशी चयन भएका हुन् ।


त्यसैगरी सदस्यहरूमा नन्दराज थापा, छत्रमणि नेपाल, ज्ञानु राजवंशी, सञ्जीब रमण, अशोक ताजपुरिया, सन्तलाल ताजपुरिया र नईन्दर बहादुर काफ्ले चयन भएका छन् । गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाको प्रमुख आतिथ्यमा भएको सभामा नेपाल रेडक्रस सोसाईटी झापाका सदस्य प्रकाशचन्द्र खरेल, संस्थाका पुर्व जिल्ला उपाध्यक्ष भोलाप्रसाद खतिवडा, गाउँपालिकाका शाखा अधिकृत विरेन्द्र खड्का, कांग्रेस महासमिति सदस्य फुलवती राजवंशी, नेकपा जिल्ला सदस्य केदार ढुंगेल, गौरीगञ्ज गाउँपालिका वडा नं. २ का वडाध्यक्ष अघनुप्रसाद राजवंशी, वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद गिरीलगायतको सहभागिता थियो । सभामा गौरीगञ्ज रेडक्रस उपशाखा तदर्थ समितिका अध्यक्ष कैलाश कुमार मास्केले संस्थाको प्रतिवेदन पेश गरेका थिए । संस्थाका सचिव यादब रिजालले कार्यक्रम सञ्चालन गरेका थिए । रेडक्रस गौरीगञ्ज उपशाखा अन्तर्गत ८८ जनाले सदस्यता लिएका छन् ।

Facebook Comments Box