ईलाम/ ईलामको सुर्योदय नगरपालिका–१४ का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको छ ।
बिहिवार राती साढे ८ बजे ईलाम नगरपालिका–१० तर्फ जाने क्रममा बाटोमा रहेको सिरिसे भिरबाट लडेर ४० मिटर तल अधेरी खोलामा खस्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments Box