दमक/  सुनसरी दुहबी नगरपालिका ८ की ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
गत मंगलबार साँझ ६ बजे सोनापुर चौकस्थित कोशी राजमार्गमा प्रदेश १–०२–००२च३८४८ नम्बरको एम्बुलेन्सको ठक्करबाट घाईते भएकी चौधरीको उपचारका क्रममा आज ( शुक्रबार ) राती १२ बजे मृत्यु भएको हो । चौधरीको आज राती १२ बजे नोवेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ । एम्बुलेन्स र चालक पाँचथर तुम्बेवाका चन्द्र राईलाई नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी मोरङको ग्रामथान गाउँपालिका –४ का २५ बर्षीय धिरज माझीको स्कुटर दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे कटहरी –७ तकिया चोकमा प्र १–०२–०४३प२०७८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments Box