ताप्लेजुङ/ ताप्लेजुङ मिक्वाखोला गाउँपालिका वडा नं २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर ओख्रेसावुका २८ बर्षीय सन्तोष बाँनिया र उदयपुर पोखरीका २२ बर्षीय अम्बर बहादुर कामी रहेका छन् ।

आज दिउँसो ३ बजे काम गर्ने क्रममा ढुंगा र माटो खसेर लाग्दा उनीहरुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Facebook Comments Box