विराटनगर/ भोजपुरको रामप्रसादराई गाऊपालिका ४ का ५१ बर्षीय ईन्द्र बहादुर राईको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

शुक्रबार साँझ पौने ६ बजे को२त ९६६७ नम्बरको ट्याक्टरबाट लडेर घाईते भएका राईको आज शनिबार दिउँसो सवा १ बजे नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ट्याक्टर र चालक रुपन्देही सैनामैना बस्ने सागर गुरुङलाई प्रहरीले नियन्त्रणमा नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।

Facebook Comments Box