दमक/पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँमा आज ( आइतबार ) बिहान हायस माइक्रो र मोटरसाईकल एकआपसमा ठोक्किदा र ईलामको सुर्योदय नगरपालिका–९ मा अटो टेम्पो पल्टिदा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
आज बिहान १० बजे गोर्खेबाट फिक्कल तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटो टेम्पो आफैं अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका अटो चालक स्थानीय ४२ बर्षीय सुकमान राईलाई फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

त्यसैगरी आज मध्य राती पौने १ बजे बा४ ख ६९६ नम्बरको हायस गाडी र बिपरित दिशाबाट आउँदै गरेको प्र२–०२–००१ प३८७८ नम्बरको मोटरसाईकल गोठगाउँमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाईकलमा सवार बेलबारी–११ का २१ बर्षीय अर्जुन न्यौपाने र सोही ठाउँका २१ बर्षीय मनोज कटुवालको उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा हायस चालक काठमाडौंका गणेश थापा र सह–चालक बेलबारीका उत्सब गिरी समेत घाईते भएका छन । उनीहरुको बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Facebook Comments Box