दमक/दमकस्थित महालक्ष्मी चियाबगानमा कार्यरत मजदुर तथा कर्मचारीहरुको कोरोना परिक्षण गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले शनिबार सो बगानमा कार्यरत १०० जनामा गरेको एन्टिजेन परिक्षणका क्रममा कूल २० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामा महिलाको संख्या उच्च छ । १३ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।


एन्टिजेन परिक्षण तत्काल नतिजा दिने परिक्षण विधि हो । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार पोजिटिभ देखिएकाहरु सबै चियाबगान क्षेत्र ( दमक ९ र ४ ) का हुन । उनीहरु सबै होमआइसोलेसनमा छन । संक्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्य सम्बन्धिको समस्या महसुस भएमा तत्काल सम्पर्कमा आउन भनिएको पनि भट्टराईले बताए । उनले नगरपालिकाद्धारा बेलडाँगीमा निर्मित कोभिड उपचार केन्द्रमा राखेर उपचारको व्यवस्था मिलाउन सकिने जनाएका छन । आइसोलेसन बस्नका लागि समस्या हुने भए तत्काल नगरपालिका तथा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउनु पर्ने र उनीहरुको व्यवस्थापन नगरपालिकाबाट गरिने जनाइएको छ ।

 

Facebook Comments Box